साहारा एपको दशैँ अफर : भाग्यशाली विजेताले होण्डा साइन बाइक पाउने

४ बर्ष अगाडि

काठमाडौं - नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।

महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा रु ५००० जित्ने मौका रहेको छ ।

असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनिले जनाएको छ । 

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया