काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले आज प्रस्ताव गरेको १० प्रतिशत बोनश सेयरका लागि मूल्य समायोजन भएको हो ।
नेप्सेले कम्पनीको हिजो कायम अन्तिम सेयर मूल्य १३२७ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १२०६ रुपैयाँ कायम भएको छ । आजको कारोबारमा समायोजित मूल्यमा कारोबार खुल्ने छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया