हकप्रद सेयर निष्कासन गर्दै एक्सेल डेभलपमेन्ट बैंक, कहिलेबाट ?

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो । 

त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया