एचआईडिसीएलको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रदमा आजबाट बोलपत्र पेश गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, (एचआईडिसीएल) ले बिक्रीमा ल्याएको हकप्रद अवितरित संस्थापक सेयर र साधारण सेयरमा आजबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।   

कम्पनीले संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढमा राखेको हो । इच्छुक आवेदकले आज कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। 

लगानीकर्ताले इच्छुक आवेदकले असोज ७ गतेदेखि २०७८, असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया