आन्दोलनरत लगानीकर्ता र धितोपत्र बोर्डबीच सुरु भयो वार्ता

४ बर्ष अगाडि

काठमाडौं- केही दिनअघि दिने निरन्तर आन्दोलित लगानीकर्ता  र नेपाल धितोपत्र बोर्डबीच वार्ता सुरु भएको छ । वार्तामा पूँजी बजार सुधार संघर्ष समितिका १० जना र बोर्डका पदाधिकारीहरुबीच वार्ता भैरहेको छ । 

लगानीकर्ताहरु सेबोनका निमित्त प्रमुख निरज गिरीको राजीनामा माग गरेका छन्। उनीहरुले अब सेबोनमा स्वच्छ छवि भएका व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्न पनि सरकारसँग जोडदार माग गरेका छन्।

लगानीकर्ताहरुले बिनाब्रोकर सेयर कारोबार गर्न मिल्ने नियम बनाउन र बैंक शाखाहरुबाट सेयर कारोबार गर्न बैंकहरुलाई लाइसेन्स तथा अनुमति दिनुपर्ने माग अगाडि सारेका छन्।

त्यस्तै विगतमा लगानीकर्ताहरुले गरेका आन्दोलनका मर्मलाई बुझेर त्यतिबेला राखिएका ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि गरेका छन्। 

लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्भ राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई खारेज गर्नुपर्ने लगानीकर्ताको माग छ। 

यसैगरी सेयर धितो कर्जाको सीमा र तोकिएको विद्यमानको १८० दिनको समयावधिलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्नुपर्नेलगायत माग पनि लगानीहरुले अगाडि सारेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया