पछिल्लो २४ घण्टामा १ हजार ४७८ जना संक्रमित थपिए,६ जनाको मृत्यु र निको हुनेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । यो संगैं मुुलुकभर ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५९ जनाको मृत्यु भएको छ ।

हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया