काठमाडौं- पुँजी बजार सुधारका लागि विभिन्न माग राख्दै लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ज्ञापनपत्र बुझाएका छन्।
लगानीकर्ताहरुले आज दिउँसो ३ बजे सेबोन पुगेर ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाएपछि पुँजी बजार सुधारसम्बन्धी विषयवस्तुमाथि सेबोनसँग वार्ता गरिने लगानीकर्ताहरुले बताएका छन्।
लगानीकर्ताहरुले बिनाब्रोकर सेयर कारोबार गर्न मिल्ने नियम बनाउन र बैंक शाखाहरुबाट सेयर कारोबार गर्न बैंकहरुलाई लाइसेन्स तथा अनुमति दिनुपर्ने माग अगाडि सारेका छन्।
यसैगरी आफ्नो अख्तियारी दुरुपयोगरी गरी सुनियोजित रुपमा बजार घटाउन लागिपरेका
त्यस्तै विगतमा लगानीकर्ताहरुले गरेका आन्दोलनका मर्मलाई बुझेर त्यतिबेला राखिएका ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि गरेका छन्।
लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्भ राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई खारेज गर्नुपर्ने लगानीकर्ताको माग छ।
यसैगरी सेयर धितो कर्जाको सीमा र तोकिएको विद्यमानको १८० दिनको समयावधिलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्नुपर्नेलगायत माग पनि लगानीहरुले अगाडि सारेका छन्।
प्रतिक्रिया