सेयर बजारमा उछाल : तेहेरो अंकले बढ्यो नेप्से,कारोबार रकम भने ६ अर्ब

४ बर्ष अगाडि

काठमाडौं- आज (बुधबार) सेयर बजारमा सकरात्मक उछाल आएको छ । 

आज नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ मा पुगेको छ । नेप्से ३.८७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १९.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ ।

कारोबारमा आएका कूल २१७ वटा कम्पनीको एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ८.५४ प्रतिशतले बढेको छ । 

बुधबार पनि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रूपैयाँको कारोबार भएको हो ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कम्पनीमध्ये २५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ भने १३ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया