नेपालको लागी ग्रेट वाल मोटर्स (GWM) को आधिकारीक बिक्रेता V.G. Impex Pvt. Ltd. ले यसपालिको दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा ग्राहक लक्षित रु.६ लाख सम्मको फाइदा हुने अफर उपलब्ध गराएको छ । यो अफर GWM को दुई SUV – 3rd Gen HAVAL H6 / Haval JOLION का साथै pick-up – POER मा उपलब्ध हुनेछ ।
नेपालको SUV / pick-up बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्य सहित आक्रामक बजार प्रवद्र्धन अनुरुप नै यो अभियान “चाडपर्वको उमङ्ग Haval / POER चढी दङ्ग” अफर ल्याइएको हो । यी उत्पादनहरु मध्ये, JOLION विश्व भरि नै अग्रणी urban SUV मा पर्दछ भने 3rd Gen H6 विश्व व्यापी प्रविधिको new-generation model रुपमा रहेको छ ।
प्रचलित र hi-tech विशेषताहरु नै यी गाडीहरुको सबै भन्दा आकर्षक पक्ष हुन् । विगत ११ वर्ष देखि चीनमा नम्बर १ बिक्री हुने SUV मा HAVAL पर्दछ । यसको विश्व व्यापी बिक्री ६५ लाख एकाई भन्दा बढी छ । HAVAL H6 को विश्व व्यापी बिक्री ३५ लाख एकाई भन्दा धेरै छ जसकारण यो ९५ महिन सम्म चीनमा सबै भन्दा धेरै बिक्री हुने SUV भएको छ ।
यसैगरी चीनको घरेलु बजारमा मात्र हैैन, २३ वर्ष सम्म लगातार सबै भन्दा धेरै निर्यात हुने pick-up POER चीनको नम्बर १ ब्राण्ड भएको छ । विश्व भरी १९ लाख बिक्री भएको यो ब्राण्डले घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ ।
“चाडपर्वको उमङ्ग Haval / POER चढी दङ्गका अफरहरुः
आकर्षक नगद छुट
१ वर्षको निःशुल्क सडक कर
निःशुल्क accessories
सहजफाइनान्सको सुविधा
१ वर्षको विस्तृत बीमा
प्रतिक्रिया