बुधवार कारोबार खुलेको सवा दुई घण्टाको अवधिमा ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनानस, मल्टीपर्पस फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रीन डेभलपमेण्ट बैंक, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, युनाइटेड इदी मर्दी र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको छ ।
त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ ।
प्रतिक्रिया