नविल ब्यालेन्सड् फण्ड–३ को इकाई भोलि बाँडफाँट हुने, कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं, नविल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नविल ब्यालेन्सड् फण्ड–३ को इकाई भोलि (बिहीबार) बाँडफाँट हुने भएको छ । 

नविल इन्भेष्टमेन्ट बैकिंङ्ग लिमिटेडमा भोलि विहान ९ः३० बजे इकाई बाँडफाँट हुने भएको हो ।

नविल इन्भेष्टमेन्ट बैंकिङ्गले भदौ २५ गते देखि २९ गतेसम्म प्रति इकाई १० रुपैयाँको दरमा बिक्रीमा ल्याएको १० करोड इकाई निष्काशनमा ल्याएको थियो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न ल्याएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया