बहराइनको एक कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ मासिक तलब तथा सेवासुविधा

४ बर्ष अगाडि

काठमाडौं - बहराइनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । बहराइन सहरमा रहेको ascon control w.l.l. कम्पनीले २५ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले अल ताज इनटरनेशनल प्रा लि को कार्यालय बसुन्धारा काठमाडौंमा असोज ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया