काठमाडौं- हिजो मंगलबार देखि नेप्से उकालो लाग्न थालेको छ । हिजो कारोबारको अन्तिम समयसम्म करिब १४ अंकले बढेको नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा भारी अंकले उकालो लागेको छ ।
बुधबार दिउँसो १२ बजेसम्म ७५.६४ अंकले बढेर २ हजार ७८७.७१ को विन्दुमा पुगेको छ । यो २.७९ प्रतिशत बृद्धि हो ।
१२ बजेसम्म आइपुग्दाँ २५ लाख ९० हजार ३४९ कित्ता शेयर १८ हजार ३३२ पटक खरिद बिक्री हुदाँँ १ अर्ब ५४ करोड १२ लाख बराबरको कारोबार भएको छ ।
यस्तै, सो अवधीसम्म कारोबारमा आएका २११ कम्पनी मध्ये १८३ कम्पनीको शेयरमुल्य बढेको छ भने १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया