मैलुङ खोलाको पहिलो कारोबार रू. १८६.५० मा खुला

४ बर्ष अगाडि

काठमाडौं, मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर आज(बुधवार) देखि कारोबारमा आएकोे छ ।  

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १८६.५० मा खुला भएको हो । कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९५.७५ देखि रू. २८७.२५ तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता,उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको लगानी २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको होे ।

४ बर्ष अगाडि

प्रतिक्रिया