काठमाडौं - रौतहटबाट प्रहरीले ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह रहेका छन् ।
काठमाडौंबाट आएको बसबाट गौर बसपार्कमा ओर्लिएका उनलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट दुई वटा पोकामा रहेको उक्त परिमाणको चाँदी बरामद भएको रौतहट प्रहरीले जनाएको छ ।
२० लाखमा खरिद गरिएको उक्त चाँदी सुनचाँदी व्यवसायीबाट परीक्षण गराएर आवश्यक अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया बुझाउने तयारी भइरहेको बताइएको छ ।
ठूलो परिमाणमा चाँदी गौरको व्यवसायीको नाममा आएपनि उक्त चाँदीको खपत न्यून रहेको हुँदा सिमापारी भारतीय बजारतर्फ तस्करी गराउन ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया