काठमाडौं - दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदै छ । साभा त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा अहिले बिहान ११ बजेबाट जुम मार्फत सञ्चालन हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न वैशाख २१ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिइसकेको छ ।
प्रतिक्रिया