जुवा खेलिरहेको अवस्थामा चार लाख २७ हजार बढि नगदसहित १७ जनालाई पक्राउ

४ बर्ष अगाडि

काठमाडौं ।   चार लाख नगदसहित जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ परेका छन् । 

जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई झापाको दमकबाट गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।दमक नगरपालिका वडा नम्बर १ का एक स्थानीयको एक तले घरमा जुवा खेलिरहेका उनीहरूलाई झापा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चार लाख २७ हजार ६ सय नगद, कौडा बरामत गरिएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया