काठमाडौं - मलेसियामा लामो समयदेखि बेपत्ता एक नेपाली कामदार जेलमा फेला परेका छन् । मेचीनगर–३ झापाका निर्मल पोख्रेल लामो समयदेखि परिवार तथा साथीहरूको सम्पर्क बाहिर पुगेका थिए ।
मलेसियाको एक सेक्युरिटी कम्पनी मार्फत सुरक्षागार्डको रोजगारी गर्दै आएका उनी अवैधानिक हैसियतमा रहेका थिए । मलेसियन अध्यागमन विभागको छापामा पर्दा पक्राउ परेका उनी हाल मलेसियाको पुत्राजायास्थित अध्यागमन विभागको नियन्त्रणमा रहेको र छानविन शाखामा अनुसन्धानको क्रममा रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
अवैधानिक अवस्थामा पक्राउ परेको विदेशी कामदारलाई मलेसियाले जरिवाना तिराई कालो सूचीमा राखी स्वदेश पठाउने गरेकोे छ । त्यस्ता व्यक्तिलाई मलेसियामा लामो समय प्रवेशमा रोक लगाइने गरिएको छ ।
प्रतिक्रिया