न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड आज, कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड आज हुने भएको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको थियो । 

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ बाँढफाँड आज साँझ ५ः३० बजे आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धकको कार्यलय नक्साल काठमौडौमा हुने छ । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यहि भदौ १५ गतेसम्म आइपीओमा आबेदन दिएका थिए । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । 

कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं। ३ ९साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो । 

बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया