सेयर बजारको विकृति छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

४ बर्ष अगाडि

सेयर बजारमा देखिएको विकृति छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन पेश गरेको छ ।  उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानविन समितिले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त प्रतिवेदन बुझाएको हो । 

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना उपर भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुरयाई बोर्ड हित र पुँजी बजार हित विपरित हुने गरी पदीय आचरण विपरित काम कारबाही गरेको भन्दै सो सम्बन्धमा छानविन गर्न पूर्व ध्यायाधीशको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । 

उक्त समितिले सो सम्बन्धमा कार्यविधी बनाई लिखित धारणा, बयान र आवश्यक कागजातको आधारमा प्रतिवेदन तयार गरी अर्थ मन्त्रीलाई पेश गरेको हो ।

साथै उक्त प्रतिवेदनमा समग्र पुँजी बजार सुधारको लागि आगामी दिन चाल्नुपर्ने कदमका विषयमा समेत उल्लेख गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । साथै प्रतिवेदन कार्यान्वयन पश्चात सरकारले आम लगानीकर्ताको हित संरक्षण गर्नेगरी काम गर्ने समेत जानकारी दिएको छ । 

सरकारले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ बमोजिम बोर्डका अध्यक्षका सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधिश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल र कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ समिति गठन गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया