यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक नाफा, कुनको कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं,साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबारको अन्तिम समय सम्म आइपुग्दाँ शेयर बजारमा केही सुधार देखिएको छ ।

आज सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य बढेको छ । कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१०८८.७० पुगेको हो ।

यस्तै, रुरु जलविद्युत कम्पनीको शेयरमुल्य ५.७८ प्रतिशतले बढेको छ । कम्पनीका लगानीकर्ताले प्रतिकित्तामा रु.६७ नाफा कमाउदँ शेयरमुल्य रु.१ हजार २२७ पुगेको हो ।

यसैगरी, निफ्राको पनि आज लाभांश प्रस्ताव घोषणा गरेसंगै प्रतिकित्ताको मुल्य ४.६६ प्रतिशतले बढेर रु.३८२ पुगेको छ भने लाइफ इन्स्योरेन्स कम्पनी र माहुली सामुदायिक लघुवित्तको शेयरमुल्य क्रमश ः ४.२८ र ३.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ९२४ र १ हजार ८६१ पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया