कर्मचारीको काज/सरुवा रोकियो

४ बर्ष अगाडि

सरकारले जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा रोकेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने जनाएको हो । 

मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रिय योजना आयोगले स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीहरूलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान/निकायमै रहने व्यवस्था मिलाउन भनेकोले काज तथा सरुवा रोकेको जनाएको छ ।

‘सो बमोजिम उल्लिखित कर्मचारीहरूको सरुवा/काज सम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’, मन्त्रालयका उपचिव कृष्ण प्रसाद भुसालले जारी गरेको सूचनामा भनिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया