मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKJC सिम्बोल पाएको छ । अब भोलि बुधबारबाट दोश्रो बजारमा कारोबार सुरू हुनेछ ।

कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

कुल निष्कासन गरेको आईपीओमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

गोलाप्रथाबाट गरिएको बाँडफाँडमा सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया