काठमाडौं- लगातार ओरालो लागेको सेयर बजार मंगलबार सकारात्मक लक्षण देखिन थालेको छ ।
मंगलबार कारोबार खुलेको दुई घण्टाको अवधीमा ४५.७४ अंकले बढेर २ हजार ७४३.९८ को विन्दुमा पुगेको छ । यो १.७० प्रतिशत बृद्धि हो ।
१२ बजेसम्म आइपुग्दाँ ९२ लाख ९१ हजार ५४९ कित्ता शेयर ५८ हजार ६५२ पटक खरिद बिक्री हुदाँँ ४ अर्ब ७१ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
यस्तै, सो अवधीसम्म कारोबारमा आएका २१३ कम्पनी मध्ये १६४ कम्पनीको शेयरमुल्य बढेको छ भने २० कम्पनीको शेयरमुल्य घटेको छ र १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया