काठमाडौं,साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको पौने २ घण्टाको अवधीसम्म आइपुग्दाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कारोबारको सो अवधीसम्म कम्पनीको शेयरमुल्य ५.४८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ३८५ पुगेको छ ।
कम्पनीको शेयर कारोबार आज रु.३६५ बाट सुरु भएको थियो ।
यस्तै, मार्केट डेपमा सो अवधीसम्म कम्पनीको ६२ हजार ७७५ कित्ता शेयर खरिदमाग भएको छ भने ४० हजार ९९ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया