रु रु जलविद्युतको बुक क्लोज असोज ७ गते, लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

४ बर्ष अगाडि

काठमाडौं- रु रु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन मौका रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असोज ७ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले दुई ओटा आवको लाभांश वितरण गर्ने निर्णय गरेको छ । आव २०७६र ७७ को १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी आव २०७७र ७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा  आयोजना गरेको छ । 

कम्पनीले सभा बिहान ११ बजे कामनपा १ हात्तिसारस्थित कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया