बढ्न थाल्यो सेयर बजार, १४८ कम्पनीको शेयरमुल्यमा वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- लगातार ओरालो लागेको सेयर बजार मंगलबार सकारात्मक लक्षण देखिन थालेको छ । कारोबारको पहिलो घण्टामा नेप्से दोहोरो अंकले उकालो लागेको छ । 

सोमबार तेहेरो अंकले घटेर २६९८.२४ मा पुगेको नेप्से मंगलबार दिउँसो १२ बजेसम्म २९.३५ अंकले बढेर २ हजार ७२७.६० को विन्दुमा पुगेको छ । यो १. ०९ प्रतिशत बृद्धि हो ।

१२ बजेसम्म आइपुग्दाँ ६३ लाख ४५ हजार ५१४ कित्ता शेयर ३८  हजार ३९९पटक खरिद बिक्री हुदाँँ ३ अर्ब  २० करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, सो अवधीसम्म कारोबारमा आएका २११ कम्पनी मध्ये १४८ कम्पनीको शेयरमुल्य बढेको छ भने ३० कम्पनीको शेयरमुल्य घटेको छ र ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया