१० करोड लगानीमा एसी बस सञ्चालन

४ बर्ष अगाडि

काठमाडौंदेखि ७ प्रदेशसम्म पुग्न सुविधा सम्पन्न बुलेट एसी बस संचालन हुने भएका छन् ।  बुलेट एसी कम्पनीले देशका सातै प्रदेशका विभिन्न ठाउँमा बस सञ्चालन गर्ने भएको हो। 

३९ सीट क्षमता  रहेको  भाइकिङ बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ। साथै त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ। 

बसमा यात्रुका लागि प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध छ ।  कम्पनीका अनुसार कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ।

अहिले विराटनगर सहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बस संचालनमा भइसकेको छ । विराटनगर – काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ टिकट शुल्क लाग्ने भएपनि दशैं अफरस्वरुप एक हजार ५०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

यात्रुले कम्पनीले उपलब्ध गराउने किटको  छुट्टै रकम बुझाउनु नपर्ने बताइएको छ । १० करोड ५० लाखको लागतमा बससेवा संचालनमा ल्याएको उक्त कम्पनीको बसमा अनलाईन तथा बुकिङ काउन्टरबाट दुबैबाट टिकट लिन पाउने ब्यवस्था छ । 

बुलेट एसी कम्पनीले देशभरका सातै प्रदेशमा काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया