काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ११४.०२ अंक घटेर २६९८.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८२ अंक घटेर २६९३.४२ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४० अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया