एनआइसी एसिया ग्रोथ फन्डको न्याभ ४ रुपैयाँ ३८ पैसाले घट्यो, सूचीकृत कम्पनीको सेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, भदौ मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १५ रुपैयाँ ८४ पैसा छ । फन्डको न्याभ अघिल्लो महिनाको भन्दा ४ रुपैयाँ ३८ पैसाले घटेको हो । अघिल्लो महिना यसको न्याभ २० रुपैयाँ २२ पैसा थियो ।
 
एक महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ४९ लाख ७२ हजार रुपैयाँले घटेर १ अर्ब ३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । साउनमा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १४ करोड ३४ लाख रुपैयाँ थियो । यता, बैंक मौज्दात पनि घटेको छ । बैंक मौज्दात ३४ करोड १२ लाख रुपैयाँबाट झरेर १० करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । 
 
यसअवधिमा फन्डले ८२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५१ हजार ५०० कित्ता सेयरमा ७ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया