२ वाणिज्य बैंक सहित ४ कम्पनीको संस्थापक सेयर लिलामी, कुनको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले भदौ ३१ गतेबाट आफ्नो स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । कम्पनीले प्राइम बैंकको १ लाख, नेसनल लाइफ इन्सुरेन्सको १ लाख, प्रभु बैंकको ५० हजार र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । 
 
जसमा लगानीकर्ताले प्राइम बैंकको सेयरमा न्यूनतम २०८ रुपैयाँ, नेसनल लाइफ इन्सुरेन्सको सेयरमा ४२१ रुपैयाँ, प्रभु बैंकको सेयरमा २०५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ४०० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
 
यसमा असोज ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया