नेप्से परिसुचक भारी अंकले ओरालो लाग्दै २६९८.२४ विन्दुमा झर्‍यो, कारोबार रकम भने साढे ८ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा झरेको छ । नेप्से ४.०५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०.२७ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

आज सोमबार पनि कारोबार रकममा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सार्वधिक कारोबार गरेको छ ।  कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज जम्मा ८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये ३ वटा डिबेञ्चर, एउटा म्युचुअल फण्ड र अन्य ४ वटा भने कम्पनी रहेका छन् । मनकामना लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य बढेर ९ सय ८९ रूपैयाँ ८० पैसा पुगेको छ । 

आज विभिन्न ७ वटा कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया