काठमाडौं- दोस्रो बजारमा कारोबार गर्न टिएमएस लिने लगानीकर्ताहरुको संख्या बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) आईडि लिने लगानीकर्ताको संख्या ९ लाख २३ हजार पुगेको छ।
नेप्सेका अनुसार, बढ्दो बजारमा औषत दुई लाख जान लगानीकर्ताले शेयर कारोबारमा आबद्ध हुने गरेका छन् भने घट्दो बजारमा ६० देखि ७० हजार जना लगानीकर्ताले मात्र शेयर खरिद बिक्री गर्ने गरेको छ।
बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या दिन प्रतिदिन बढेको छ। दोस्रो बजारमा अनलाईन कारोबार गर्न सकिने व्यवस्था भएपछि लगानीकर्ताकताहरुको संख्यामा वृद्धि भएको जानकारहरुको बुझाई छ। पहिल्लो समय शेयर बजार बढेर राम्रो आम्दानी हुन थालेपछि बजार प्रति आकर्षित छन्। बजारमा नयाँ नयाँ लगानीकर्ताको बढेसँगै दायरा फराकिलो भएको छ।
प्रतिक्रिया