तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रार नियुक्त, दोश्रो बजारमा कारोबार कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । अब कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण काम नेपाल बंगलादेश क्यापिटल लिमिटेडले गर्ने छ । 

सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूँजी ४० करोड पूर्ण भैसकेको अवस्था छ । 

चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारणबाट चुक्ता भईसकेको छ ।

केही दिनमा नै कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया