कारोबारको पहिलो घण्टामै नेप्सेमा पहिरो, २ अर्ब बढीको कारोबार

४ बर्ष अगाडि

काठमाडौं,  साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारक खुलेको एक घण्टामै पहिरो गएको छ । 

कारोबारको सो अवधीमा नेप्से परिसुचक ६६.०३ को बिन्दुमा पुगेको हो । नेप्से २.३५ प्रतिशतले घटेर २७४६.२४ को बिन्दुमा पुगेको छ ।  १२ बजेसम्म आइपुग्दाँ ४० लाख २४ हजार ७७४ कित्ता शेयर २७ हजार १८२ पटक खरिद बिक्री हुदाँँ २ अर्ब ११ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, सो अवधीसम्म कारोबारमा आएका २१८ कम्पनी मध्ये ७ कम्पनीको शेयरमुल्य बढेको छ भने १७४ कम्पनीको शेयरमुल्य घटेको छ र १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया