काठमाडाैं–नेकपाको राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यदिशा स्पष्ट नभएको नेताहरुले धारणा राखेका थिए । यसो त बैठकमा अध्यक्ष केपी ओली र प्रचण्ड अवको कार्यदिशा के भन्नेबारे दुई कित्तामा उभिएका छन् ।
पुर्वमाओवादीका नेताहरु ‘जनताको जनवाद’(न्यूनतमकार्यक्रम)मा सहमति हुन नसक्ने धारणा राख्दै आएका छन् भने पुर्व एमालेका केहि नेताहरु पनि पुँजिवादी–जनवादीक्रान्ति पुरा भैसकेको भन्दै अवको कार्यक्रम समाजवादनै भएको बताउँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीलगाएतका केहि नेतापुँजीवादी कार्यदिशाको पक्षमा देखिएका छन् ।
अध्यक्षद्धयले संयुक्तरुपमा पेश गरेको प्रतिवेदन भनिएतापनि पार्टीको कार्यदिशामा नै अध्यक्षद्धयको धारणा फरक–फरक आएको छ ।
बुधबारको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिँदै प्रचण्डले सांकेतिक रुपमा‘जनताको जनवाद’न्युनतम कार्यक्रममा असहमति जनाएका थिए ।
उनले बैठकमा भनेकाथिए, ‘पार्टी एकतासम्म आइपुग्दा एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भनेको थियो, प्रचण्डले भनेका थिए,‘अव अहिले हामी त्योभन्दामाथि पुगेका छौँ । अवको कार्यदिशा समाजवाद नै हो । हामीले समाजवादकोआधार निर्माण गर्नुपर्छ ।’
त्यस्तै पुर्व माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि प्रतिवेदनमा वैचारिक राजनीतिक कार्यक्रम त्रुटीपुर्ण भएको धारणा राखेका थिए ।
त्यस्तै पुर्व एमालेका नेतावामदेव गौतम, झलनाथखनाल, भीम रावल, घनश्याम भूसाल, रघुजी पन्तलागएतका नेताहरुले जनवादीक्रान्ती पुरा भैसकेको र जवजको च्याप्टर क्लोज भएको भन्दै अवको कार्यदिशा समाजवादी कार्यदिशा हुनुपर्ने अडान बैठकमा राखेका थिए ।
बिहिबार प्रधानमन्त्रीओलीले बैठकमा उठेकाबिषयको जवाफदिने क्रममाप्रतिवेदन राम्रो भएको र समेटिनु पर्ने कुरा समेटिएको भन्दैप्रतिवेदन जस्ताको तस्तै पारित गर्ने प्रस्ताव राखेका थिए ।
बैठकमा सहभागि एक नेताकाअनुसार शुक्रबारको बैठकमा पनि प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, इश्वर पोखरेल, शंकर पोखरेल लगायतका नेताहरु पुँजीवादी कार्यदिशानै हुनुपर्ने अडानमा देखिएका छन् ।
प्रतिक्रिया