काठमाडौं- ङादी ग्रुप पावर लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा आइतवार क्वीन्स क्याफे अनामनगर, काठमाडौंमा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७७र ७८ को खुद मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
२० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू.७० करोड ६९ लाख ३२ हजारको आधारमा १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि कम्पनीले पारित गरेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गरेकाले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया