काठमाडौं–बर्दियाको राजापुर नगरपालिका वडा नं १० का वडा सदस्य उत्तम चौधरी दुई लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाटखटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारले उनले घुसबापतको सो रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया