अकस्मात भारत पुगे मन्त्री  मातृका यादव

७ बर्ष अगाडि

काठमाडौँ -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारत भ्रमणमा गएका छन् | भारतमा उनले  भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग  भएको भेटवार्तामा दुई देशबीच पारस्परिक फाइदाका लागि अर्थपूर्ण आर्थिक सहकार्यमा जोड दिएका छन्  । 


नयाँ दिल्लीमा भएको भेटवार्तामा भारतीय विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गरिने विश्वास दिलाइन्  । 

त्यसअघि मन्त्री यादवसँग भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुबीच द्विपक्षीय व्यापार, पारवाहन तथा लगानीका विषयमा विचारविमर्श भएको थियो । 
उनीहरुबीच नियमसंगत रुपमा बहुराष्ट्रिय व्यापार प्रणालीको सबलीकरणलगायत विषयमा धारणा आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
भारतको वाणिज्य मन्त्रालयको निमन्त्रणामा मन्त्री यादव विश्व व्यापार संगठनको अनौपचारिक बैठकमा लिन भन्दै भारतको नयाँ दिल्ली गएका हुन्  । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया