रामबहादुर बम्जनलाई पक्राउ गर्न दवाव बढ्दै

७ बर्ष अगाडि

काठमाडौं । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् । 
बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले आज पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन । मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरेका हुन् । 
बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी गर्न माग गरे । यो संगठनमा मकवानपुरकी डोल्मो र नुवाकोटकी चुन्मोका परिवार पनि आवद्ध छन् ।
बमजनको आश्रमबाट २०७१ माघदेखि बेपत्ता भएकी डोल्मोका दाजु र बुवाले पत्रकार सम्मेलनमा राज्यलाई यस्तै आग्रह गरे। 
डोल्मोसँगै बेपत्ता भएकी उनकी साथी नुवाकोटकी चुन्मोकी दिदी गंगामाया पनि पत्रकार सम्मेलन गर्न काठमाडौं आएकी थिइन्। 
उनले आफ्नी बहिनी बमजनको आश्रममा गएपछि नफर्किएको बताइन्। २०६८ सालमा बमजनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन्। त्यो बेला एकरात बसेर बमजनकै आश्रममा फर्केकी उनी अहिलेसम्म सम्पर्कमा नआएको गंगामायाले बताइन्।


 

७ बर्ष अगाडि

प्रतिक्रिया