पत्रकार अधिकारीले जनसेवाश्री पदक पाउने

४ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारीलाई सरकारले जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । 

संबिधान दिवसको अवसरमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट अधिकारी सम्मानित हुने भएका हुन् ।

सरकारले आइतबार घोषणा गरे अनुसार पदक पाउने अधिकारीसहित देशभरका ९०३ जनालाई आगामी बैशाख १ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभूषित गर्ने छन् । 

बिगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष हुन् । साथै ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका सम्पादक र नागरिक दैनिकाका सम्वाददाता समेत हुन् । 

उनी अन्य सञ्चारमाध्यममा पनि संलग्न छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया