गत साता नेप्से परिसुचक साढे ६३ अंकले घट्यो, यो साता के होला  ?

४ बर्ष अगाडि

काठमाडौं- गत साता नेप्से परिसूचक साढे ६३ अंक घटेको थियो। अघिल्लो साता २८७५.९७ विन्दुमा बन्द भएको नेप्से, गत साता ६३.५९ अंक घटेर २८१२.३८ विन्दुमा बन्द भएको थियो।

यस साता बजार घटेमा नेप्सेले २७५० देखि २८०० को टेवा परीक्षण गर्ने देखिन्छ। सोभन्दा ओरालो लागेमा भने २७०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, बजार उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यस यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। मात्र शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्युम ३३.३६ प्रतिशत कम हो।

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक १.२८ प्रतिशत घटेको थियो। अघिल्लो साता १९३२।२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २४।६८ अंक घटेर १९०७।५५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक ओरालो लागेमा १८५० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, सो उपसमूहको परिसूचक उकालो लागेमा भने २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बैंकिङ्ग उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

४ बर्ष अगाडि

प्रतिक्रिया