आज सेयर बजार बन्द

४ बर्ष अगाडि

काठमाडौं - आज सेयर बजार बन्द रहनेछ ।  ‘संविधान दिवस तथा इन्द्रजात्राको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

सार्वजनिक बिदा परेको हुनाले आज (असोज ३ गते, आइतबार) सेयर बजार पनि बन्द हुने भएको हो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेको थियो । 

सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झरेको थियो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया