मलेसियाबाट एकैदिन आयो ६ नेपालीको शव र १५ अस्तु

४ बर्ष अगाडि

काठमाडौं - मलेसियाबाट शनिबार एकैदिन २१ जना नेपाली कामदारको शव र अस्तु नेपाल आएको छ । 

त्यसमा ६ जनाको शव र १५ जनाको अस्तु रहेको छ । वैदेशिक रोजगारीका क्रममा उनीहरूको विभिन्न कारण मृत्यु भएको हो । परिवारको अनुमतिमा नेपालीको शव मलेसियामा नै अन्तेयष्टि गरी अस्तु नेपाल ल्याउने गरिएको छ । 

वैदेशिक रोजगार बोर्डले सरकारी खर्चमा शव मृतकको घरसम्म पुर्‍याइदिने गरेकोे छ । नेपाली दूतावास र मलेसियास्थित जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव र अस्तु नेपाल ल्याएर आफन्तलाई बुझाइएको बताइएको छ । मलेसियामा केही वर्षयता नेपाली कामदार जाने क्रम रोकिए पनि मृत्युको दर भने बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया