काठमाडौं - मलेसियाले प्लान्टेशन क्षेत्रमा ३२ हजार विदेशी कामदार लिने भएको छ । विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीनरूपमा गम्भीर घाटा भैइरहेको भन्दै मलेसियाले प्लान्टेशन क्षेत्रमा विदेशी कामदार लिने जनाएको छ ।
मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनले प्लान्टेशनमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको बताएको स्थानीय दि स्टार अनलाइनले जनाएको छ ।
केही समयअघि यहा‘को एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एसिसिसिआईएम)ले प्लान्टेशनमा विदेशी कामदार भर्ना लिन मलेसिया सरकारलाई अनुरोध गरेको थियो ।
प्रतिक्रिया