नक्कली नोटसहित दुई भारतीय पक्राउ, १५ बर्षपछि फरार अभियोगी प्रहरीको फन्दामा

४ बर्ष अगाडि

काठमाडौं - औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय  नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १००० हजारका २२ थान, ५०० का तीन थान, १०० का २७ थान, ५० का छ थान, २० का आठ थान, १० का ११ थान, ५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो  । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 

फरार अभियोगी १५ बर्षपछि पक्राउ
प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ बर्षपछि पक्राउ गरेको छ ।काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि  विदुरराज गिरी फरार भएका थिए । फैसला कार्यान्वयनको शिलशिलामा  शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा  फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया