जापानले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको छ । नेपालबाट रि-इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रोक हटाउने भएको हो ।
जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नियन्त्रणसम्बन्धी सूचना अनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेशमा लगाएको रोक हटाउने निर्णय भएको उल्लेख छ ।
सेप्टेम्बर २० तारिखदेखि जापानको आवासीय भिसा भएका रि-इन्ट्री बाहक नेपाली नेपाल(जापान यात्रा गर्न सक्नेछन् ।
प्रतिक्रिया