काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको शेयर सूचिकृत भएको छ ।
जसमा एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड, एनआईसी एशिया ऋणपत्र, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेरुडे लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको शेयर सूचिकृत भएको हो ।
१. एशिया ग्रोथ फण्ड
एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो । एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ
२. एनआईसी एशिया ब्यालेन्सड् फण्ड
एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । फण्डले इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।
एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
३. एनआईसी एशिया ऋणपत्र
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा 'एनआईसी एशिया ऋणपत्र २०८८' को १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सूचिकृत भएको छ । १० वर्ष अवधि रहेको यो ऋणपत्रको व्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।
४. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको '८.५५ आरबिबिएल डिबेञ्चर २०८३' नामको २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
५. नेरुडे लघुवित्त वित्तीय संस्था
नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो बोनस शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको थियो ।
६. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । नेप्से र कम्पनी बीच बिहीवार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आइवारदेखि कारोबारमा आउनेछ ।
कम्पनीले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
७. एक्सेल डेभलपमेन्ट बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेलको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर समायोजन भएको छ । समायोजनपश्चात बैंकको शेयरमूल्य ७६२ रुपैयँ ६८ पैसा निर्धारण भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । भदौ ३१ गते एक्सेल डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १ हजार ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
८. सानिमा इक्विटी फण्ड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । सानिमा इक्विटी फण्डको ३३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो ।
समायोजन पश्चात योजनाको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा तोकिएको छ फण्डको इकाई १६ रुपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया