काठमाडौं- पाँच लघुवित्त कम्पनीहरुले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
साधना लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय सस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी स्वरोजगार लघुवित्तले पनि गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय सस्थाले २०/२० प्रतिशत र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश विवरण गर्ने प्रस्ताव गरेका हुन् ।
यी पाँचै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया