यो वर्ष दँशैका लागि अग्रिम टिकट बुकिङ खुल्ने

४ बर्ष अगाडि

दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न  सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत भएको छ । 

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा असोज १० गते देखि खुलाउन महासँग सहमत भएको हो।

महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।

अग्रिम टिकट बुकिङ खोल्ने विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सहमत भएको छैन । असोज ६÷७ गतेतिर फेरि बैठक बसेर छलफल गर्ने  विभागले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया